- खिमराज गिरी
भदौ १२,काठमाडौं । नेपाल दशनामी समाजको २३ औं स्थापना दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरुसँगै यस समाजले बुधबार पशुपति क्षेत्र भित्र सरसफाई कार्यक्र सम्पन्न गरेको छ ।

नेपाल विभिन्न जात जाती तथा भाषा भाषी भएको मुलुक हो । धार्मिक, सांस्कृतिक, भाषिक तथा विभिन्न रीति रिवाजमा विविधता भएर पनि सामाजिक एकताको गाँठो प्रत्येक जात जाति तथा भाषा भाषीमा वाँधिएकोले हाम्रो देश नेपालमा भएका विविध जातजातीहरुको आ आफ्नै मौलिक संस्कार र संस्कृति झल्केजस्तै नेपाल दशनामी समाजको पनि दश वटा थर (गिरी, पुरी, भारती, वन, पर्वत, सरस्वती, सागर, तिर्थ, आरण्य र आश्रम ) मिलेर जातीय उत्थानकाखातिर सामाजिक अभियन्ता तथा विभिन्न ठाउँमा छरिएर रहेका बन्धुहरुविचको आपसी एकता, भातृत्व र सहयोगको भावनालाई प्रवल वनाई नेपालको प्रचलित कानुनको अधिनमा रहि आफ्नो मात्र नभई समाजमा भएका विभिन्न जात जातीहरुसँगको समन्वय, व्यवहारमा भाइचारा प्रवृत्ति कायम राख्ने, दशनामीहरुको परम्परालाई मर्यादित वनाउने,आपसी ज्ञान र शिपको साटासाट गर्ने, देसमा संकट आइपर्दा सहयोगका हात अगाडि वढाउने, बैद्धिककालीन सनातन धर्म, सभ्यता र संस्कृलिाई प्रवद्र्धन गर्ने र आध्यात्मिक चिन्तनलाई पनि टेवा दिने उद्येश्यकासाथ वि.स.२०५४ सालमा नेपाल दशनामी समाजको स्थापना भएको हो ।

समाजमा भएका विभिन्न जात जातीहरुको विविध संगठनलाई पनि पशुपति क्षेत्र मात्र नभई काठमाण्डौ लगाएत देशमा भएका विभिन्न ऐतिहासिक मठ मन्दिर, धर्मशाला, विद्यालय वरपरका क्षेत्रहरु, नदी नाला, आफ्नै घर वरिपरि आदि क्षेत्रहरुमा केहि समय मिलाएर सरसफाई अभियानालाई निरन्तरता दिदै आएका छ ।
उक्त क्षेत्र वरिपरि वसोवास गर्ने मानिसहरुले पनि नैतिकता र इमान्दारीतामा पनि नेपाल दशनामी समाजले अगाडि सारेको यो सरसफाई अभियान सार्थकतामा परिणत हुन समय लाग्दैन र हामी स्वच्छ ,हराभरा वातावरणमा सयर गर्न पाउँदछौं ।

हामी, हाम्रो जिन्दगी भारतको गया र काशीका मानिसहरुको भन्दा कम हुँदैन । त्यसैले तपाई हामी प्रत्येकले आ आफ्नो क्षेत्रबाट यस सरसफाई अभियानलाई तिव्रता दिन सक्यौ भने देशका विभिन्न भागमा रहेका घना वस्ती र शहरहरु र काठमाण्डौ उपत्यकामा दैनिकजसो थुप्रिने फोहरको डँगुरको गन्ध केहि हदसम्म कम हुने थियो कि !