• २०८३ जेष्ठ २२ गते शुक्रवार

दृष्टिबिहिन जनगनणा तथा अन्तक्रिया कार्यक्रम तेवाङमा सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट
  • सन्दिप डाँगि,

पौष १२, रोल्पा । दृष्टिबिहिन जनगनणा तथा अन्तक्रिया कार्यक्रम आज तेवाङमा सम्पन्न भएको छ । सुनिलस्मृती गाउँपालीका वडा नंं। ४ सुलीचौरमा रहेको सुर्यदय माध्यामिक विद्यालयमा शैक्षिक सत्र २०७७ देखी दृष्टि विहिन होस्टेल स्थापना गर्ने उद्यश्यका साथ आर्थिक संकलन जुटाउनको लागी सुनीलस्मृति गाउँपालीका वडा नंं. ७ तेवाङमा जलजला दृष्टि विहिन रोल्पाले कार्यक्रमको आयोजना गरेको हो ।

सुनिल स्मृति गाउँपालीका वडा नंं. ७ का अपागं भएका १०५ वर्षिय धनसीङ घर्तिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिमा सुनीलस्मृति गाउँपालीका वडा नं.७ का वडा अध्यक्ष मानसीङ पुन रहनु भएको थियो भने विशिष्ट अथितिमा नेरा मावि तेवाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर रोकामगर रहनुभएको थियो । त्यस्तै कार्यक्रमको अन्य अथितिहरुमा वडा नंं. ७ का वडा सदस्य रेश्म शर्मा, काली कामी, रेडियो मालश्रीका सन्दीप डागी लगायत त्यहाका स्थानीयहरुको समेत उपस्थीत रहेको थियो ।

कार्यक्रमको सञ्चालन जलजला दृष्टिविहिन रोल्पाका अध्यक्ष लोकेन्द्र बहादुर महराले गर्नु भएको थियो । दृष्टिविहिन जनगणना तथ अन्तरक्रिया कार्यक्रममा ६ हजार ८ सय ८५ रकम सकंलन भएको आयोजकले जनाएको छ । संकलन भएको रकम सुर्यदय माविमा अपगता भएका व्यक्तीहरुको लागी होस्टेल स्थापनाको लागी खर्च गर्ने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस