• २०८३ भाद्र १ गते सोमवार

नवलपरासीको सुनवल चोकमा रक्तदान कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट

पुस १२,नवलपरासी । पश्चिम नवलपरासीको सुनवल चोकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अल्फा युथ क्लव अयोजक र दर्पण पोष्ट सहअयोजक रहेको रक्तदान कार्यक्रमलाई सफल पार्न दारी ग्याङ नवलपरासी र समाजसेवि युवा रमेश नेपालीको सहयोग रहेको थियो ।


रक्तदान जिवन दान भन्ने मुल नाराका साथ अयोजना गरिएको कार्यक्रममा अल्फा युथ क्लवका अध्यक्ष विमल भट्टराईको अध्क्षता तथा सुनवल नगरपालिकाका उप प्रमुख ददिराम अर्यालको प्रमुख अतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा इलका प्रहरी कार्यालय सुनवलका प्रमुख वलराम गिरि, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रक्त संचार प्राविधिक उर्मिला चौधरी लागाएत विभिन्न क्लवका प्रतिनिधिहरुको उपस्थीति रहेको कार्यक्रमा दिलिप यादवको स्वगत मनतब्य र रश्मी कुंवरले कार्यक्रम संचालन गर्नुभएको थियो ।कार्यक्रममा २० जानाले रक्तदान गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस