पौष १२,सल्यान। सल्यानमा घोडाले लात्तीले हान्दा एक बालकको मृत्यु भएको छ ।
शुक्रबार साँझ छिमेकीको गोठमा खेल्दै गर्दा घोडाले लात्तीले हानेर वनगाड कुपिण्डे नगरपालिका-१ खहरेखोलाका आठ वर्षीय राजु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घोडाले लात्तीले हानेर घाइते भएका बुढाको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।