• २०८३ जेष्ठ ६ गते बुधवार

१२ वर्षमा करायो पाप

पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ललितपुर महानगरपालिका २ सानेपा डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका-३ घर भएका ३७ वर्षीय राजेश लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

१२ वर्ष अघि २०६४ पुस २७ गते ललितपुर महानगरपालिका १५ इमाडोल बस्ने मकवानपुर फापरबारी घर भएकी २२ वर्षीया तारा भन्ने सुनिता लामा (लोप्चन) को धारिलो हतियार छुरा प्रहार गरी हत्या पश्चात फरार रहेका राजेशलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका(२ सानेपाबाट पक्राउ गरेको हो ।

राजेश र सुनिताबीच प्रेम सम्बन्ध रहेको तर विवाह गर्ने सल्लाह भएपनि रद्द भएको रिसमा मार्ने योजना बनाई छुरा प्रहार गरी फरार भएको खुल्न आएको छ ।लामालाई ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस