• २०८३ भाद्र १० गते बुधवार

घरेलु मैदानमै चेल्सीले हार्‍यो

पढ्न लाग्ने समय : १ मिनेट

पौष ११,काठमाडौँ । चेल्सी साउथह्याम्पटनसँग घरेलु मैदानमै २–० ले पराजित भएको छ ।

चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा साउथह्याम्पटनका लागि माइकल ओबाफेमीले ३१औं र नाथन रेडमोन्डले ७३औं मिनेटमा गोल गरे ।

हारपछि पनि चेल्सी अंक तालिकामा चौथो स्थान यथावत् नै छ । १९ खेलबाट चेल्सीको ३२ अंक छ । चेल्सीलाई पछ्याइरहेको टोटनह्यामले १९ खेलबाट २९ अंक जोडेको छ र पाँचौ स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस