• २०८३ जेष्ठ १ गते शुक्रवार

मकवानपुरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, मकवानपुर   । मकवानपुरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

शुक्रबार इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा ना१ज ३४३३ नम्बरको जीप हेटौंडा-कुलेखानी-सिस्नेरी सडक खण्ड अन्तर्गत रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकदेखि करिब ५ सय मिटर तल खस्दा १ जना महिला र २ जना पुरुषको मृत्यु भएको र मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै, ५ जना पुरुष र १ जना महिला घाइते भएको र घाइतेहरुको उद्धार गरी मनमोहन मेमोरियर अस्पताल फर्पिङमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ  ।

दुर्घटना कसरी हुन पुग्यो भन्नेबारेमा अहिले नै भन्न नसकिने र घटनाबारे अनुसन्धान भइरहेको मकवानपुरका प्रहरीले बताएको छ  ।

Sharing

प्रतिक्रिया दिनुहोस