पौष ११,काठमाडौँ । आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा ५ सयले बढेर छापावाला सुन ७३ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७३ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ८ सय ९० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।