पौष, १० दोलखा । जिल्लाको विगु गाउँपालिका वडा नम्वर ८ खोपाचागुकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको बिशेष पहलमा खोपाचागु निवासी निर्मल खड्काकी १७ वर्षिया श्रीमती सुस्मा श्रेष्ठ खड्कालाई जटिल अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल सल्यक्रिया गरिएकी खडकाको रक्तश्राव नरोकिएपछि खडकालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मन्त्री गुरुङको बिशेष पहलमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
शल्यक्रियापछि आमाको अवस्था जटिल बनेपनि बच्चाको अवस्था भने सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।