भदौ १७, झापा । शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ । घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमान मगरको शव भेटिएको हो ।

प्रहरीका अनुसार मगर वैदेशिक रोजगकारीका लागि बहराइन गएर केही महिनाअघि फर्किएका थिए ।स्रोतका अनुसार मगर एक जना साथीले बोलाएपछि मंगलबार साँझ साढे ६ बजे घरबाट निस्किएका थिए । प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल पनि बरामद गरेको छ । त्यसैले दुवै जना मोटरसाइकलमा त्यहाँसम्म पुगेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।अहिले अनुसन्धानका लागि प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट ट्याकर डग घटनास्थलमा ल्याएको छ ।