पौष १०, ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी. रु.३०,०००।– घुस रकम लिइसकेको अवस्थामा अख्तियारको नियन्त्रणमा परेका छन ।

ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले सूचना र बिज्ञापन गरेकोमा दिएको भुक्तानी रकम वापत सेवाग्राहीसँग घुस माग गरेका थिए ।

घुस माग भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनिहरुलाई घुस रकम रु. ३०,००० लिइसकेको अवस्थामा नगरपालिका कार्यालय परिसरबाट दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।