• २०८२ असार ५ गते बिहिवार

अरिङगालले टोकेर उदयपुरमा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ९ उदयपुर, । बुधबार दिउँसो आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा उदयपुरमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ ।

कटारी नगरपालिका-९ लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियोरको अरिङगालले टोकेर मृत्यु भएको हो । घाईते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस