साउन ९, भक्तपुर । भक्तपुर नगरपालिका-१० कमलविनायकबाट स्थानीयसँग रकम माग गर्ने चागुँनारायण नगरपालिका-४ पिखेल बस्ने २८ वर्षीय सुनिल कार्की लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।