हिम श्रेष्ठको गजल “यो कुरा कसैलाई नभन्नु” पढ्न लाग्ने समय : १ मिनेट ✍️ हिम श्रेष्ठ तिम्लाई मात्रै भन्दै छु सुटुक्क यो कुरा कसैलाई नभन्नु तिमी प्रती भएको छु म ढुक्क यो कुरा कसैलाई नभन्नु हजारौंको आँखा छल्दै त्यो भिडको माझमा पनि तिमिलाई नै पो हेरेँ पुलुक्क यो कुरा कसैलाई नभन्नु जोईटिङ्ग्रे नै भने पनि भनोस् यो पाजी समाजले तिम्ले भनेको मान्छु खुरुक्क यो कुरा कसैलाई नभन्नु बाचुन्जेल यो मनको सम्पुर्ण पिडाहरु भुलाउनलाई आउँछु म तिम्रो घर लुसुक्क यो कुरा कसैलाई नभन्नु बाँसको मुना झैँ हुर्किदै गरेको यो लोर्के जवानी मेरो तिम्रै लागि राख्याछु थुपुक्क यो कुरा कसैलाई नभन्नु व्यास छ तनहुँ, हाल अफ्रिका Post Views: 53 Sharing Facebook Twitter Pinterest LinkedIn