• २०८२ साउन ४ गते शनिवार

काठमाडौंको गुर्जुधारमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

  पौष ८,काठमाडौं । काठमाडौंको गुर्जुधारमा ट्रकको ठक्करबाट १ जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वत घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ चेकपोस्ट बस्दै आएका ४१ वर्षीय अर्जुनबहादुर केसी छन् । प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई नम्बर नखुलेको ठक्कर दिएको थियो ।

आफन्तका अनुसार केसी आफ्ना छोरालाई स्कूल पुर्‍याउन जाँदै दिए । मृतक अर्जुनका छोरा भने घाइते छन् । स्थानीयका अनुसार उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी बृत्त थानकोटले ठक्कर दिने ट्रकको खोजी भइरहेको जनाएको छ ।

मृतकका आफन्त र स्थानीयहरुले भने ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारबाही नभएसम्म शव नउठाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस