पौष ८ ,मकवानपुर। मकवानपुरमा ट्याक्टर पल्टिँदा सोही ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ ।
सोमबार साँझ राक्सीराङ गाउँपालिका-५ ढाडेमा ना ४ त ३९६० नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरले च्यापिएर स्थानीय १८ वर्षीय आरे भनेर चिनिने आइते प्रजाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।