• २०८३ बैशाख ७ गते सोमवार

आगलागी हुँदा एक घरमा क्षति

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ७ काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिका-११ लक्ष्मिनिया टोलमा आगलागी भएको छ ।

आइतबार राति चिसोबाट बच्न बालेको घुरबाट सल्केको आगोले स्थानीय शम्भु भगत मालीको घरगोठ जल्दा करिब ६ लाख मुल्य बराबरको क्षति भएको बारा प्रहरीले जनाएको छ ।

मालीको खपडाको छाना भएको घर र गोठमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, मोटरसाइकल लगायतका सामान जलेको पीडितले बताएका छन् । आगलागीबाट मालीको गोठमा रहेको ३ वटा भैंसी र ४ वटा बाख्रा समेत जलेका प्रहरीले जनाएको छ ।

सिमरौनगढ नगरपालिकाको दमकल, प्रहरी चौकी कचोर्वाका प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा आगोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस