मंसिर ७ ,काठमाडौँ । १३ औँ सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।
नेपाल र श्रीलंकाबीच उदघाटन खेल ३ डिसेम्बरमा टीयू मैदानमा हुनेछ । सागमा ८ वर्षपछि क्रिकेट खेल समावेश गरिएको छ ।
पुरुषतर्फ ५ टोली सहभागी भएकाले राउण्ड रोविनका आधारमा खेल हुनेछ । टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशको यू २३ टिम सहभागी हुनेछन् । सागमा भारत र पाकिस्तान सहभागी छैनन् ।
यस्तै पोखरामा हुने महिला क्रिकेटमा ४ राष्ट्रको सहभागी छ । जसमा नेपालले पहिलो खेल २ डिसेम्बरमा माल्दिभ्सँग खेल्नेछ ।