कात्तिक ७, कन्चनपुर । ईलाका प्रहरी कार्यालय गड्डाचौकी, कन्चनपुरमा कार्यरत प्रहरी जवान दिपक चौधरी घुस रकम सहित नियन्त्रणमा परेका छन। ।
कन्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दिपक चौधरीले बजारहरूमा ब्यबसायीहरूको माग बमोजिम भारतको स्थानीय बजार बनबासाबाट मालसामान क्यारीङ गरि ल्याउने क्रममा भन्सार शुल्क तिरि सके पश्यात पनि शुल्क बाहेकको रकम सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रु. ५,०००।–(पाँच हजार) घुस वापतको रकम लिईसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई उक्त घुस रकम सहित भिमदत्त नगरपालिका बडा नं. ११ स्थित नेपाल भारत सिमानाको ७ नं. पिल्लर नजिकैबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।