• २०८३ बैशाख २८ गते सोमवार

जागिर लगाई दिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा एकजना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ६, रुपन्देही । बुटवल- विभिन्न व्यक्तिहरुलाई जागिर लगाई दिन्छु भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएको आरोपमा दाङ्गको प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घोराही ८ सेवारकी २१ वर्षीया रिता चौधरीसहित ६ जनालाई चौधरी एग्रिकल्चर  संस्थामा जागिर मिलाई दिन्छु भन्दै शेयर हाल्न लगाएको र उनीहरुबाट १ लाख १७ हजार २ सय रुपैयाँ ठगी गरेको आरोपमा तुल्सीपुर १७ का २३ वर्षीय विकासराज गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।

निजलाई दाङ्ग देउखुरी अदालतमा पेश गरि म्याद थप समेत गरिएको त्यहाँका प्रहरी प्रबक्ता विनिद विक्रम शाहले  जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस