• २०८२ चैत्र ३० गते सोमवार

सुनसरीका ट्राफिक प्रहरी पाँचहजार घुस सहित रङ्गेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन ७, सुनसरी । अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाल घुस रकम सहित नियन्त्रणमा परेका छन ।

प्रहरी जवान भरत कटुवालले काँकडभिट्टा काठमाडौं चल्ने गाडी संचालनमा सहजता गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

उनलाई सेवाग्राहीसँग रू.५,०००।– घुस वापतको रकम लिइसकेको अवस्थामा इटहरी उपमहानगरपालिका वडा नं. ५ स्थित पूर्व–पश्चिम सडकको दक्षिण किनाराबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस