• २०८३ बैशाख ७ गते सोमवार

राष्ट्रियसभा निर्वाचनका लागि ११ वटा दल आयोगमा दर्ता

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ६काठमाडौँ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ११ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

दल दर्ताका लागि तोकिएको अन्तिम दिन आइतबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसहित ११ दल दर्ता भएको आयोगका प्रवक्ता गिरिजा शर्माले बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि नेपाली जनता दल, नेपाल कम्युनिस्ट पार्टी (ने क पा) इतिहासिक प्रजातान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, समाजवादी पार्टी, राट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) दल दर्ता भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस