पौस ६, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलमा अत्याधुनिक हतियार र विभिन्न ९ हजार राउण्ड गोली फेला परेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले स्थानीयको कुखुरा खोरको जमिनमुनि लुकाएको अवस्थामा हतियार र ९ हजार राउण्ड गोली बरामद गरेको हो । प्रहरीले हतियार फेला पारेको क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी शुरु गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार द्वन्द्वकालका बेला तत्कालीन माओवादीका सेनाहरुले प्रयोग गरेको हतियार लुकाएर राखिएको हुनसक्ने जनाएको छ ।
Chat Conversation End