पौष, ६ काठमाडौँ । आज आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
आज छापावाला सुन स्थिर रहँदै ७१ हजार ६ सयमा कारोबार भएको भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ ।
त्यस्तै,आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।