मंसिर ६, सिराहा । भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख मातपोत अधिकृत रामबाबु मण्डल घुस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन ।
भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख मातपोत अधिकृत रामबाबु मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम माग गरेका हुन ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले रामबाबु मण्डललाई रु ५,००,०००।– घुस लिइसकेको अवस्थामा उनको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।