कार्तिक ४,एजेन्सी । बलिउड नायक ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका रहेको फिल्म ‘वार’ले ३ सय करोडको आँकडा छोएको छ ।
उक्त फिल्मको बजेट १५० करोड हो । २० करोड प्रचार खर्च सहित १७० करोडमा तयार भएको फिल्मले ३ सय १० करोड भारतीय बक्स अफिसबाट कमाउने अनुमान गरिएको छ ।
फिल्मले भारतबाट वितरकलाई १४० करोड फिर्ता दिने निश्चित छ । साथै, ओभरसिजनमा ९० करोड कमाई गरेको फिल्मले वितरकलाई ४० करोड फिर्ता दिनेछ ।
टेलिभिजन र डिजिटल राइट्स १५० करोडमा विक्री भएको चलचित्रको म्यूजिक राइट्स १० करोडमा विक्री भएको थियो । समग्रमा निर्माताले १७० करोड चलचित्रबाट फाइदा लिएका छन् ।