• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सुन चोरी गर्ने एक भारतीय नागरिकलाई पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

 कार्तिक  ४, अर्घाखाँची । अर्घाखाँची सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी गर्ने भारतको मुस्ताफुर पश्चिम बङ्गाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ वर्षीय श्रीमन्त्र मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार विगत १२ वर्षदेखि सन्धिखर्कका विभिन्न सुनचाँदी पसलमा कालिगढको रूपमा काम गर्दै आइरहेका भारतीय नागरिक मण्डलको साथबाट प्रचलित मूल्य रु चार लाख ६४ हजार ८१४ बराबरका सुनका गरगहना बरामद गरिएको छ ।

पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस