- सागर थापा/महेन्द्र सिंह
कात्तिक ४, बाँके । भारतमा बिधान सभाको निर्वाचनको कारण दुई दिनको लागि नेपाल भारत सिमाना बन्द हुँदा चोरीको बाटो हुँदै ईटा भट्टामा काम गर्ने लेबरहरुलाई भारु ५० र १०० दिई भारतबाट घरमा पाल्ने बहानामा नेपाल ल्याइरहेको अवस्थामा दुई पटक गरी ३६ वटा बाख्राहरु सशस्त्र प्रहरी ४० नम्बर गुल्म भन्सार गस्तीले पक्राउ गरेको छ ।

आईतवार गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल ४० नम्बर गुल्म राजस्व तथा भन्सार गस्ती सुरक्षाले टोलीले ३६ वटा बाख्रा बरामद गरेको हो । चोरी बाटो हुँदै भन्सार छलेर अवैध सामान आयात भइरहेको बिषयमा मिडियाहरुबाट निरन्तर समाचार आएपछि अहिले सशस्त्र प्रहरी बल बाँकेले सक्रिय रूपमा खटिएका छन् । यसैक्रममा चोरीको बाटो हुँदै अवैध बाख्राहरुलाई राजस्व गुल्मका सशस्त्र प्रहरी प्रमुख नायब उपरिक्षक डिएसपी नौराज बोहराले टिमले पक्राउ गरेको हो ।

स्थानीयबासीहरुका अनुसार हिजोआज चोरी हुने बाटोमा तस्करहरुको सातो खाने गरी भन्सार आसपास सशस्त्र प्रहरी गुल्म बाँकेले खटिएको देखिन सकिन्छ ।