• २०८२ जेष्ठ ३२ गते शनिवार

दुल्लु नगरपालिकाले विविध कार्यक्रम गरि मनायो संविधान दिवस

पढ्न लाग्ने समय : २ मिनेट

असोज ०३,दैलेख । संविधान दिवसकाे अवसरमा दुल्लु नगरपालिकाकाे अायाेजनामा शुक्रवार विविध कार्यक्रम गरेर संविधान दिवस मानाइएकाे छ ।

संविधान दिवस २०७६ काे अवसरमा असाेज २ गते नगर सरसफाइ गरिएकाे थियाे भने ३ गते नगरपालिकामा रहेका माध्यमिक विद्यालयहरुकाे विच मावि स्तरिय हाजिरि जवाफ प्रतियाेगिता गरिएकाे छ । दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथी संविधान सभा सदस्य लक्ष्मी प्रसाद पाेखरेल रहनु भएकाे थियाे ।

प्रमुख अथिति पाेखरेलले संविधान दिवसकाे अवसरमा सम्पुर्ण देशवासीलाई शुभकामना दिदैं संविधानकाे रक्षाका लागि सम्पुर्ण नेपाली सचेत हुनु पर्नेमा जाेड दिनु भयाे । उहांले संविधान विथाेल्नकाे लागि प्रतिक्रियावादीहरु सलवलाई रहेकाे बताउनु भयाे । उहाँले नेपालकाे संविधान २०७२ विश्वमै उत्कृष्ट रहेकाे दावी गर्नु भयाे । उहाँले संविधानले माैलिक हककाे व्यवस्था, अारक्षणकाे ब्यवस्था, नागरिकका हक र अधिकार प्रत्याभुतकाे ब्यवस्था गरेकाेले यसकाे रक्षाकाे लागि सम्पुर्ण नेपालीकाे कांधमा अाएकाे बताउनु भयाे । यस्तै कार्यक्रममा दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले संविधान दिवसकाे अवसरमा शुभकामना दिंदै नेपालकाे संविधान २०७२ अक्षरस पालना गर्ने प्रतिवद्दता गर्नु भएकाे छ ।

कार्यक्रमकाे स्वागत मन्तव्य दुल्लु नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत तुलसी प्रसाद उपाध्यायले गर्नु भएकाे थियाे । हाजिरी जवाफ प्रतियाेगितामा प्रथम नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कृतिखम्व भएकाे छ । यस्तै दृतिय पंचकाेशी ज्वाला माध्मिक विद्यालय गमाैडी ,तृतिय विजया माध्यमिक विद्यालय दुल्लु र सान्तवना कालिका देवी माध्यमिक विद्यालय हाडेअावत भएकाे छ । प्रतियाेिगतामा प्रथम ,दृतिय, तृतिय र सान्तवना हुने विद्यालहरुलाई क्रमस रु ६ हजार , ५ हजार ,४ हजार र ३ हजा पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियाे । प्रतियाेगितामा दुल्लु नगरपालिकाका १३ वटा विद्यालयकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमको संचालन शिक्षा शाखाका कम्प्युटर अपरेटर रमेश प्रसाद उपाध्यायले गर्नु भएकाे थियाे ।

कार्यक्रममा दुल्लु नगरपालिकाका शाखा अधिकृत समशेर बहादुर शाही, ईलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख हिक्मत बाेहाेरा ,क्याम्पस प्रमुख नरेन्द्र बाेहाेरा , विद्यालयका प्रअ केशव बहादुर भण्डारी , वडा नं. २ का वडा अध्यक्ष लक्षिराम थापा , ३ का वडा अध्यक्ष कलम खनाल, ४ का वडा अध्यक्ष भरत प्रसद

प्रतिक्रिया दिनुहोस