- बिनोद दर्नाल, सुनसरी समाचारदाता
भदौ ४, सुनसरी । सुनसरी को १२ वटा स्थानिय तह मध्य नेकपा धरान को पार्टी एकताको काम थाती रहेको धरान उपमहानगरपालिका एकता सङ्गै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा स्थायी कमिटि सदस्य तथा १ नं प्रदेश इञ्चार्ज भीम आचार्य को प्रमुख आतिथ्यमा बुधबार धरान १५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा सपथ ग्रहण तथा पूर्ण बैठक कार्यक्रम सम्पन्न भएको छ ।
साउन १९ गतेका लागि सपथ ग्रहणको मिति तोकिए पनि प्रदेश कमिटिबाट २ जना साविक माओवादीका सदस्यको नाम हेरफेर हुदा विवाद सृजना भएको कारण रोकिएको थियो । नेकपाको धरान उपमहानगर कमिटि कुल १०१ सदस्यहरुलाई प्रमुख अतिथी , स्थायी कमिटि सदस्य तथा १ नं प्रदेश इञ्चार्ज भीम आचार्यले सपथ ग्रहण गराएका थिए । १०१ सदस्यहरुमा साविक एमालेबाट अध्यक्षसहित ६१ जना र साविक माओवादीबाट सचिवसहित ४० जना रहेका छन् । अध्यक्ष साविक एमालेबाट नारायण सुवेदी र सचिवमा साविक माओवादीबाट सुर्दशन श्रेष्ठ रहेका छन ।
विशेष अतिथी कृषि राज्य मन्त्री राम कुमारी चौधरी, (अतिथी) प्रतिनिधि सदस्य जयकुमार राई , लगायत सम्पुर्ण ,जिल्ला कमिटीका सदस्यहरु उपस्थित रहेको कार्यक्रममा मन्तव्य राख्दै समारोहका प्रमुख अतिथि एवं नेकपा स्थायी कमिटि सदस्य आचार्यले एकतापछि पनि पार्टीलाई थुप्रै चुनौतीहरु भएको उल्लेख गर्दै अवसर पनि सँगसँगै भएको बताए । ‘चुनौतीकै बीच अवसर र सम्भावना पनि छ । पार्टी एक भएको छ, स्थिर सरकार छ र जनतामा कम्युनिष्ट पार्टीप्रति नै विश्वास र भरोसा छ,’नेता आचार्यले भने,‘देश र जनताको आकांक्षा चुलिएको छ, तर हामीसँग सिमित स्रोत साधन छ, जनताको अपेक्षालाई पुरा गर्दै जानुछ ।’ नेकपा सुनसरी सचिव रमेश बस्नेतले हाम्रो एकता देखेर विपक्षी हरु थर-थर काप्न थालेको र अब उनिहरु कहिल्यै नउठ्ने गरि बसिसकेको बताए ।
मन्तव्य कै क्रममा नेकपा प्रदेश कमिटी सदस्य अइन्द्र बिक्रम बेघाले हामी अब धेरै नदि हैन धेरै मन हैन हामी अब एउटै सप्तकोशी भैसकेका छौ, त्यसैले एक मन र एक भएर अगाडि बढ्नु को विकल्प ,अब नरहेको बताउदै सबै जना सबै कमरेड हरु आफ्नो ठाउँ बाट चुनाब को तयारी मा जुट्नु पर्ने बेला आएको बताए । पुर्व मेयर मनोज कुमार मेन्याङ्बो ले धरान नेकपा मा एउटा नया आयाम सुरु भएको धेरै धेरै उत्साह सहित जोसिला कमरेड हरु आउनु भएकोले अब को नेकपा मा अझ धेरै आशा रहेको बताउनु भयो ।
१ नम्वर प्रदेश सङ्घिय सांसद सुनसरी क्षेत्र १ का जय कुमार राई ले विपक्षीहरु चुनाब को लागि आत्तिएर चुनावी प्रचार मा लागिसकेको आरोप लाउदै , हामी नेकपा चुप चाप बसेका छैनौ, गृहकार्यमा व्यस्त छौ , सुतेको हैन, सांसद राइले फिल्म को उदाहरण दिदै अन्तिम मा हिरोले कुट्ने उदाहरण दिदै जित हाम्रो नै हो भन्ने दावी गर्नु भयो। सर्बप्रथम हामी हाम्रो पार्टी को सिद्धान्त र अनुशासन लाई ख्याल गर्नु जरुरी छ, कार्यक्रम कि बिशेष अतिथी नेपाल सरकार कि कृषि तथा पशुपंक्षि राज्य मन्त्री राम कुमारी चौधरी ले पार्टी को अग्रणी भुमिका खेलेको धरान मा एकता हुनु ढिलो भएपनी एकता गर्न सफल भएका भन्दै अब को उपनिर्वाचन जितेर पार्टी एकता को सार्थकता देखाउनु पर्नेमा जोड दिनु भयो । उहाले मासुको लागि धरानलाई सुङ्गुर जोन बनाउने बताउदै पशुपालनमा जोड दिन आग्र्ह गर्नु भयो । कृषिमा युवा कार्यक्रम ,बेरोजगारी युवाहरुलाइ लक्षित बर्गहरु को लागि युवा लक्षित कार्यक्रम रहेको, जुन दशै अघि नै सुरु हुने बताउनुभयो ।
त्यस्तै गरी नेकपाका मुक्सामहाङ मेन्याङ्बो, प्रदेश सह इन्चार्ज सावित्रिकुमार काफ्ले, केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्म निरौला, सुनसरी अध्यक्ष योगेन्द्र मण्डल, सुनसरी सह इन्चार्ज निर्मल बराल लगायतले नवगठित पदाधिकारी सदस्यहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा हजारौ को संख्या मा नेकपा समर्थक, सदस्य नेता तथा कार्यकर्ता वडाबाट वडाध्यक्षहरु को उपस्थिती रहेको थियो ।