• २०८३ भाद्र १२ गते शुक्रवार

साना सिँचाई कार्यक्रम, दैलेखका सव इन्जिनियरलाई विशेष अदालतमा मुद्दा

पढ्न लाग्ने समय : १ मिनेट
भदौ ४, दैलेख । साना सिँचाई कार्यक्रम, दैलेखका सव इन्जिनियर सल बहादुर बुढा विरूद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 
सव इन्जिनियर सल बहादुर बुढाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा उनले नेपाल सरकार र स्विस सरकारको संयुक्त आयोजनामा सञ्चालित साना सिँचाई कार्यक्रम (सीप) नेपाल अन्तर्गत कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाता, दैलेखमा सव इन्जिनियर पदमा नियुक्त हुने प्रयोजनको लागि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, काठमाडौंबाट प्राप्त Diploma In Civil Engineering को झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उनि पदमा नियुक्ति भएका थिए ।
उनको यस कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुर भएको हुँदा निज सव इन्जिनियर सल बहादुर बुढा उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस