• २०८२ असार ५ गते बिहिवार

नर्सले गरिन् अस्पतालमै आत्महत्या

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८,धनुषा जानकी हेल्थ केयर एण्ड टिचिङ्ग अस्पतालमा कार्यरत एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

आइतबार अस्पताल परिसरभित्रको शौचालयमा झुण्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले मृतक आलेले राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकाे बताउनुभएको छ । मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस