• २०८३ बैशाख १५ गते मङ्गलवार

दैलेख सदरमुकामको एक फेन्सी पसलमा आगलागी

पढ्न लाग्ने समय : १ मिनेट
  • भावना हमाल  /दैलेख

पौष ३ दैलेख।  दैलेख जिल्लाको नारायण नगरपालिका–१ मा रहेको एक फेन्सी पसलमा आगलागी हुँदा पसल जलेर पूर्ण रुपमा क्षति पुगेको छ ।

पसल मालिक दैलेखमा नभएकाले आगलागीबाट कतिको क्षती भयो भन्ने बिवरण खुल्लन नसकेको प्रहरीले बताएको छ । मध्यराति पसलमा आगलागी भएकाले बिधुत सट भई पसलमा आगो लागेको हुन सक्ने अनुमान गरीएकोे प्रहरी प्रमुख हरी बहादुर वलिले बताए ।

बुधवार राति भएको आगलागीबाट नयाँ बजारमा फेन्सी पसल गर्दै आएका ताराकीशोर शर्मा (अधिकारी) को फेन्सी पसलमा आगलागी भएको हो । आगलागि हुँदा पसल भित्र रहेका फेन्सी कपडालगाएत सम्पूर्ण सामान जलेर पसल पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलिले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस