• २०८३ बैशाख ८ गते मङ्गलवार

बडिमालिका नगरपालिकामा खानेपानीको समस्या ; सम्बन्धित निकाय के हेर्दै ?

पढ्न लाग्ने समय : २ मिनेट

पौष ३ बाजुरा ।  बडिमालिका नगरपालिका सदरमुकाम मार्तडीमा विगत देखि खानेपानीको समस्या झेल्दै आएका सदरमुकामबासी फेरि पनि खानेपानी पिउनबाट बन्चित भएका छन् । नगरपालिकाका जनप्रतिनिधीका आफ्नै ठेकेदार र जनप्रतिनिधी नै ठेकेदार भएर बजारमा आउने खानेपानीको पाइप काटेपछी समस्या आएको हो ।

बडीमालिका नगरपालिकाले मार्तडीको खानेपानी व्यवस्थित गर्ने भनेको वर्षौ भईसक्यो करोडौ खर्च गरिसक्यो तर मार्तडीबासीका लागि नत अहिलेसम्म नियमित पानी आउँछ नत आईरहेको पानी व्यवस्थित भएको छ स्थानीयहरुको गुनासो रहेको छ।

दुई हप्तादेखि मार्तडीमा खानेपानीको सङ्कट बढ्दै गएको छ । धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा र बजारबासी थापावाडा बाउली र बिद्युत नहरको पानी प्रयोगमा ल्याइरहेका छन् ।

बडीमालिका नगरपालिकाले निमार्ण गरेका ४ वटा ठुला खानेपानीका ट्याङ्की निर्माण भईसकेका भएपनि सदरमुकाममा भने खानेपानी प्रयाप्त मात्रामा नपुगेको स्थानीयले बताएका छन् ।

खानेपानी लिनकै लागि अहिले सदरमुकाम बासीहरुले कुवाको पानीका लागि घण्टौँ लाईनमा बस्नु पर्ने बाध्यता रहेको छ । आफुहरुले खानेपानीको प्रबन्ध मिलाउन पटक–पटक नगरपालिकालाई आग्रह गरेको भएपनि छिट्टै समस्या समाधान गछौँ भनेर टार्ने गरेको स्थानीय धर्म रोकायाले आक्रोश व्यक्त गरेका छन् ।
जिल्लाकै जेठो भनेर परिचित नगरपालिकाको हालत देख्दा स्थानीय चकित भएका छन् । खानेपानीको लागि नै घण्टौँ लाग्ने भम्क, पाल्त, थापाबाडा लगायतका ठाउँबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
यता बडीमालिका नगरपालिले भने खानेपानीलाई व्यवस्थित गर्ने बृहत योजना बनाएर अघि बढेको भएपनि समयमै व्यवस्थापन गर्न सकेको छैन् । नगरपालिकाले आसेपासेलाइ ठेक्का दिएको र समयमै काम सम्पन्न नहुदा समस्या आएको स्थानीयको आरोप रहेको छ ।
पटक–पटक खानेपानी व्यवस्थित गर्ने योजना नगरले गरेको भएपनि हालसम्म पनि सकिरहेको छैन् । जनप्रतिनिधिकै डोजरले सडक निर्माण गर्ने क्रममा खानेपानीका लाईनहरु क्षतविक्षेद बनाएर यत्रतत्र बनाएको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस