पौष, ३ काठमाडौँ । आज बिहानको राजधानी काठमाडौँ उपत्यकाको तापक्रम हिजोको भन्दा शून्य दशमलब २ डिग्री सेल्सीयसले घटेको छ ।
हिजो ३ दशमलब ७ डिग्री सेल्सीयस रहेकोमा आज ३ दशमलब ५ डिग्री सेल्सीयस पुगेको छ ।

तराईको शित लहर हिजोको भन्दा आज केही घटेको भएपनि आज साँझसम्म जारी रहने र भोलिबाट चाहिँ कम हुने बताइएको छ । उनले शित लहरको बढी प्रभाव पश्चिमी तराईमा रहेको बताइएको छ ।
पश्चिमी तराईका केही स्थानमा शित लहरको अवस्था देखिएको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भूभागमा भूभागमा हुस्सु र कुहिरो देखिएको महाशाखाको भनाई छ । पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको र तराईका भूभागमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको समेत जनाएको छ । शुक्रबारदेखि भने पश्चिमी वायुको निकै प्रभाव पर्ने जनाइएको छ । आउँदो शनिबारसम्म नै देशको पश्चिमी र मध्य भूभाग तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।