• २०८३ भाद्र १९ गते शुक्रवार

नेपालगन्जको धम्बोजी चौकमा आकाशे पुल बन्दै दुर्घटनामा कमि आउने ट्राफिक प्रमुख बम

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा  /बाँके

पुस, ३ बाँके। नेपालगन्जमा यसै बर्ष पहिलो आकाशे पुल बन्ने भएको छ नेपालगन्ज उपमहानगरपालिकाले त्यसका लागि औपचारिक प्रक्रिया सुरु गरेको हो ।

६ महिनाभित्रै आकाशे पुल निर्माण गर्ने गरी काम अगाडि बढाएका छौं’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा  धवल समशेर राणाले भने । टेण्डर आव्हान भैसकेको छ, त्यसलगत्तै ठेक्का सम्झौता गरेर काम अगाडि बढ्छ ।’

नेपालगन्जका विभिन्न मुख्य चोकमा आकाशे पुल निर्माण गर्ने नगर प्रमुखको योजनामा वडाध्यक्षहरुले साथ नदिएको गुनासो नगर प्रमुखको थियो । बजेट निर्माणका क्रममा वडामै बजेट लैजाने जोड सबै वडाध्यक्षले गरेपछि ठूलो योजना प्रभावित भएको भन्दै विवाद उत्पन्न भएको थियो ।

‘यसपाली विरेन्द्रचोकमा आकाशे पुल निर्माण गरिंदैछ’,आवश्यकताका आधारमा थप योजना बनाउँदै जाने हो ।’उपमहानगरपालिकाले आकाशे पुलका लागि एक करोड ६५ लाख २ सय १४ रुपैयाँ बजेट विनियोजन गरी सोही अनुसारको टेण्डर आव्हान गरेको छ ।

यसैसाता आव्हान गरिएको टेण्डरमा उपमहानगरपालिकाले गल्र्स स्कुलका लागि भौतिक पूर्वाधार निर्माण कार्य पनि अगाडि बढाउने उल्लेख छ । नेपालगन्जमा आकाशे पुल बने पछी पैदल यात्रीलाई धेरै सहज हुने र दुर्घटनामा कमि आउने बाँके ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस