• २०८३ बैशाख ११ गते शुक्रवार

ललितपुर महानगरपालिका इन्जिनियर घुस रकमसहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, ललिलतपुर । ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जन घुस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन।

ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जनले सेवाग्राहीको घरको निर्माण सम्पन्न पश्चात निर्माण सम्पन्न प्रमाण-पत्र लिनका लागि रकम लाग्छ भनि घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रु.१०,०००।– घुस लिइरहेका अवस्थामा पक्राउ गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनलाई घुस वापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस