• २०८२ असार ४ गते बुधवार

धरहरा बिशेष कबिता

पढ्न लाग्ने समय : १ मिनेट
  • मधु ज्ञवाली


ऐतिहासिक धरोहर भुकम्पले धेरै पटक ढलायो
देशमै सर्वत्र जनमानसलाई शोकमग्न बनायो
ढलेको संरचना अवस्थित, अर्को स्थानमा शुरुवात
तीन करोड नेपालीहरुले धरहरामा सहयोग जुटायो ।


पुननिर्माणमा बिरोध, बाधा, चुनौतिहरु आइरहे पनि
सत्य, तथ्य निकास निकाल्न जरुरि बहसै गरे पनि
बिस्तारै बिस्तारै पुन निर्माणको बढ्दो छ अब गति
अत्याधुनिकता, सुविधा सम्पन्न सुन्दरतामा छ अति ।


इतिहासमा कर्मठ अभियान्ता दाजुको नाम अमर रहनेछ
देशको सान उठ्दा समस्तको मनमा शान्तिको दीप बल्नेछ
यहि पेजमा स्थान पाए शब्दमा धरहरा स्वरुप उठाउन मैले
मुक्तक कविता गजल समस्तलाइ पाए चागं लागाउन मैले ।


सघाउन मन छ अभियान्ता संगै धरहरामा मलाइ
लाइभबाटै धेरै कुराहरुको जानकारी भएको छ हामिलाइ
बेलाउछनकी हामीलाइ धरहरा बनाउन आउ भनेर
कुरेकीछु महिना, दिन, बार, घन्टा र पलाहरु गनेर ।

भैरहवा हाल काठमाडौ

प्रतिक्रिया दिनुहोस