• २०८२ जेष्ठ ३० गते बिहिवार

उपमहानगरपालिकाको वडा कार्यालयमा आगजनी

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २ धनगढी, । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ को कार्यालयमा बुधबार राति करिब १० बजे अज्ञात समूहले आगजनी गरेको छ । आगलागीबाट वडा अध्यक्ष कक्षको झ्यालको सिसा समेत फुटेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

वडा अध्यक्षको कक्षभित्र आगजनीबाट सामान्य क्षति भएको छ ।मोटरसाइकलमा आएका व्यक्तिहरूले आगजनी गरेको प्रहरीले अनुमान गरेको छ । बोत्तलमा पेट्रोल हालेर आगो लगाएको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस