भदौ २, काठमाडौं । अविरल वर्षापछि आइतबार एक्कासि आएको बाढीले भोटेकोसी नदीको बेलिब्रिज बगाएको छ । भोटेकोसी नदिले टिमुरे भन्सार कार्यालय/सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो ।

नदीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको क्स्फ्] । पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ । बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए । तर, राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएका छ् ।
‘तिब्बतबाट बगेर आउने भोटेकोसीको सतह एक्कासि ५ मिटरसम्म बढेको हो । अविरल वर्षापछि भोटकोसीमा गएराति बाढीको बहाव एक्कासि बढेको थियो । सम्भावित दुर्घटनालाई मध्यनजर गरेर प्रशासनले पावर हाउसको पावरसमेत कटअफ गरेको थियो ।