बैशाख ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले धर्म निरपेक्षताको ब्यानर जलाएर सांकेतिक विरोध गरेको बताएका थिए । विरोधसभामा धर्म निरपेक्षताको कुरा जनआन्दोलनमा पनि ननिस्केको तर विदेशीको इशारामा नेपाल धर्म निरपेक्षता लादिएको भन्दै राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजीको मा राखेका थिए ।
धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा थापासहित बरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायत छन् ।