पौष, २ पोखरा । प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा आज काठमाडौँले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको हो ।
धनगढीले टस जीतेर काठमाडौँलाई ब्याटिङको निम्ता दिएपछि उसले १७ ओभरको खेलमा पाँच विकेटको नोक्सानीमा १८५ रनको विशाल योगफल तयार गर्न सफल भएको थियो ।
काठमाडौँका लागि वसन्त रेग्मीले सर्वाधिक तीन विकेट, पवन सर्राफ र सुवोद भाटीले समान दुई/दुई तथा अमृत भट्टराई र सुशन भारीले एक/एक विकेट लिए ।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई रु १० हजार पुरस्कार प्राप्त गर्नुहुने आयोजकले जनाएका छन् ।