पौष २ ,मकवानपुर । हेटौंडा उप-महानगरपालिका-४ मा चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एक जना पक्राउ गरेको छ ।
मंगलबार राति स्थानीय गौरी कुमार मैनालीको घरमा चोरी भएको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उप-महानगरपालिका-८ बस्ने १८ वर्षीय साजन पराजुलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको साथबाट चोरी गरेका सुनका गरगहना, ल्यापटप करिब ७ लाख ६१ हजार बराबरसहित पक्राउ गरिएको प्रहरीले बताए । पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको प्रहरीले जनाएको छ ।