• २०८३ बैशाख १५ गते मङ्गलवार

रहेनन् हास्यकलाकार आनन्द थापा

पढ्न लाग्ने समय : १ मिनेट

पुस २ ,काठमाडौं ।  हास्यकलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निधन भएको छ । नेपाली सिनेजगत अहिले सोकमा परेको छ । केहि दिन अघि मात्र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई तेस्तै नेपाली सिनेजगतका वरिष्ठ कलाकार दीपक क्षेत्रीप्रति कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

दुई वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थापाको मंगलवार राति आफ्नै निवासमा निधन भएको हो ।

उनले दर्जनौँ नाटक, टेलिफिल्म, प्रहसन तथा महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा थालेका थिए ।

थापाको बुधवार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस