पौष, २ स्याङ्जा । स्याङ्जा वालिङको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई घुस दिन खोज्दा एक गोरु ब्यापारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

रुपन्देहीको बसन्तपुर गाउँपालिका ४ का जहरुद्धिन तेलीलाई बुधबार प्रहरी निरीक्षक आफ्नै कार्यकक्षमा रहेका बेला गोरु ब्यापारमा सहयोग गर्नुपर्यो भन्दै १५ हजार रुपैयाँ दिएको प्रहरीले जनाएको छ ।
त्यसपछि प्रहरीले रकमसहित तेलीलाई अख्तियारको जिम्मा लगाएको थियो । यस विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।