.भाबना हमाल
पौष , २ दैलेख । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले दैलेखमा बालविवाह र बहुविवाह महिला अधिकारको प्रमुख बाधक भएको बताउन’भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा संकलन गरेका मानवअधिकार उलंघन तथा ज्यादतीका घटना समीक्षा कार्यक्रममा उहाँले समस्या न्युनीकरणका लागि नागरिक समाज संस्थाको अग्रसरता जारी रहेको औल्याउनु भयो ।

जिल्ला न्यायाधीश लामिछानेले औपचारिक मुद्दा प्रक्रियामा नआएका सामाजिक विभेद, असमानता र कुचलनले मानव अधिकार प्रत्याभुतीमा पारेका समस्या विषय मानव अधिकार वर्ष पुस्तकमा समेट्नु पर्ने सुझाव दिनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहाद’र क्षेत्रीले मानव अधिकार प्रवद्र्धनमा सहयोग पु¥याएको सरकारका सकारात्मक काम पनि उल्लेख गरेमा समाजमा उत्प्रेरणाको काम गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष यामराज थापाले कानुनी मुद्दाको प्रक्रियामा रहेका घटना प्रकाशन नगर्ने इन्सेकले नयाँ धारणा ल्याएकोमा धन्यवाद दिनुभयो ।
इन्सेकले दैलखमा संकलन गरेका ६५ घटनामा देखिएका केही त्रुटीहरु सच्याउँदै जिल्लामा छाउपडी समस्या, महिलाको पाठेघर खस्ने समस्या, घरेलु हिंसा, जातीय विभेद लगायतका जल्दाबल्दा सवालहरुलाई बहसको विषयमा बनाउनुपर्ने सुझाव दिनुभएको थियो ।
इन्सेकले दैलेखमा सन् २०१९ को जनवरीदेखि एक वर्ष अवधिमा संकलन गरेका ६५ वटा घटना मध्ये सबै भन्दा धेरै १८ वटा बहुविवाह, १४ वटा बलात्कार घटना, ७ वटा घरेलु हिंसा, ५ वटा जातीय विभेद, ४ वटा यौन दुव्र्यवहार, ३ वटा बालविवाह, ३ वटा आत्महत्या दुरसाहन, ३ वटा परिवारजनबाट हत्या घटना, ४ वटा धम्की र एउटा बोक्सी आरोप मुद्दा संलकन गरिएको जानकारी गराइएको थियो ।
इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार अघिल्लो वर्ष दैलेखमा ८६ वटा मानव अधिकार हनन्का घटना अभिलेखीकरण गरिएको थियो । उहाँले अघिल्लो वर्ष घरेलु हिंसाका घटना २७ वटा रहेको र यो वर्ष गम्भीर प्रकृतिका मात्र ५ वटा मात्र समावेश गरिएको कारण यो वर्ष झण्डै २ दर्जन संख्या कम परेका हुन्।