असार ३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बिहान ११ बजे बस्ने बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ ।
संबोधनमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण र गुठी विधेयकबारे सरकारी धारणा बारे संसदलाई जानकारी गराउनुका साथै समसामयिक राजनीतिबारे पनि धारणा राख्ने बताइएको छ । प्रधानमन्त्री अोलीले गुठी विधेयकबारे सोमबार दलका नेताहरु तथा काठमाण्डौ उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको थियो ।