पौष १ रोल्पा । भन्निछ नि अरुको सेवा गर्नु नै सबै भन्दा ठुलो धर्म हो । मान्छेले त्यही धर्म कमाउन अनेक दुख÷प्रयास गर्नुपर्छ । धर्म कमाउनलाई त्यती सजिलो हुदो रहेन्छ । जापन जस्तो सुखसहेलमा जिन्दगी विताइरहेका इसिदाले अरुको सेवा गर्न सानै उमेर देखि रुचि राख्ने गर्थे त्यसैले हुनु पर्छ इसिदाले आफ्नै देश जापानमा डाक्टर पढ्ने रुचि गरे अनि डाक्टर पढे ।

डाक्टर पढदै गर्दा उनले नेपालको बारेमा र त्यसमा पनि थवाङको बारेमा इन्टरनेटबाटै भएपनि धेरै कुराको अध्ययन गर्न पाएका थिए डा.इसिदाले । इसिदाकोे मनमा एकपटक जसरी पनि रोल्पाको थवाङमा पुगेर थवाङ्गी जनताहरु सँग भेट गर्ने रहर लाग्न थल्यो र डाक्टर पढ्दै गर्दा उनलाई नेपाल आउनको लागी अवसर जु¥यो । र आज भन्दा २२ वर्ष पहिले उनी थवाङमा पाइला टेके र थवाङमा केही समयसम्म रहे । थवाङ वस्दै गर्दा डा.इसिदाले अझ धेरै अध्यन गर्न पाए । थवाङको संस्कृती,रितिरिवाज र यहाको मान्छेको स्वभाव र स्वास्थ्य उपाचारबाट पछाडी परेको देख्दा झनै उनको मन थवाङले तान्यो । थवाङमा मगर जातिको बहुल्यता भएको गाउमा उनले मगरजातिहरु इमान्दार हुन्छन भन्नेकुरा मैले धेरै बुज्न पाए । करिव थवाङको एक वर्षको बसाईलाई विट मार्दै डा.इसिदा जापान फर्कनु पर्ने समय आइरहदा थवाङ्गीहरुले डा.इसिदालाई थवाङमै वस्न आग्रह गरे डा.इसिदालाई थोरै समयको लागी मात्रै नेपालको भिसा पाएका थिए त्यसैले डा.इसिदा जापान फकर्दा उनले थवाङ्गीलाई बाचा गरे म तपाइहरुको सेवाको लागी पुन थवाङ आउने प्रतिवदता जनाउदै उनी जापान फर्किए । जापान फर्किएर उनी जापानमै डाक्टरी पेशाको जागीर गर्न सुरु गरे । जापानमा बसेर काम गरिरहदा आफ्नो देश भन्दा पनि बढि नेपालको दुर्गम ठाउ थवाङको जनताको लागी सेवा गर्ने वारेमा दिनरात मनमा कुरा खेलिरहन्थ्यो । त्यही समयमा नेपालमा तत्कालीन नेपाल कम्युनिष्ठ पार्टी माओवादीले जनयुद्ध थालनी ग¥यो त्यो पनि रोल्पा रुकुमलाई नै आधारक्षेत्र बनाएर जनयुद्ध सुरु भयो । डा.इसिदालाई झन मनमा धेरै कुरा खेल्न थाल्यो तर उनी सरकारी जागीर छोडेर नेपाल आउन भने मिल्दैन थियो । आफ्नो देशमा काममा व्यस्त भएकाले नेपाल आउन पाएन्न । करिव ६० वर्षको उमेर हुदा डा.इसिदाले सरकारी जागीरबाट अवकास लिएर नेपालको थवाङ आउने निधो गरे ।

जनयुद्धबाट थलिएको थवाङमा आएर उनी जनताको सेवामा खटिरहे । नया नेपालको हरेक राजनिती परिवर्तनमा थवाङ्गी जनतको अग्रगामी हात भएता पनि थवाङलाई सरकारमा पुगेका नेताले नै विर्सने गरेको उनको भनाइ छ । वि.स.२०६८ सालमा पुष्पकमल दाहाल प्रचण्ड थवाङ आउदा डा.इसिदाले आग्रह गरे नेपालको राजधानी काठमाडौं र थवाङको दुरी हरेक कुरावाट धेरै टाढा रहेको र त्यो दुरीलाई विकासको गतिबाट नजिक ल्याउन डा.इसिदाले प्रचण्डलाई आग्रह गरेको कुरा स्मरण रहेको र यहि थवाङले गर्दा प्रचण्डमा अहिले जुन ठाउमा छन त्यो ठाउमा पुगेको उनले बताए ।
यहिलेको नेपाल सरकारले हरेक गाउँपालिकामा १५ सैयाको अस्पताल हुनु पर्ने प्रावधान रहेको र मैले काम गरिरहेको यस जलजला सामुदायिक अस्पताललाई स्वीकृत नगरेकोमा उनले दुखेसो पोखे । छिमेकी जिल्ला रुकुम,प्युठान र सल्यानबाट समेत यहा उपचार गराउनको लागी विरामीहरु आउने गरेका छन । अहिले ७२ वर्ष पुगिसके मेरो श्रीमती र छोराहरु जापानमै वस्छन उनिहरुले परिवार सगै वस्न आग्रह गर्छन तर मेरो मनले थवाङ छोड्न मानदैन । परिवार भेट्न वेला वेला समय निकालेर जापान जाने गरेको छु । छोराले पनि यहा आफु वस्न नसके पनि मैले गरेको काममा मेरो जिवन पछि पनि यहाको जनतालाइ आफुले सक्ने सहयोग गर्ने बताएका छन । करिव ११ वर्षको अवधीमा समयमा उपाचर नपाउदा सत्केरी व्यथा लागेकी आमा र सिशु दुवैको हाम्रै हातमा ज्यान गएको एक दुखद क्षण याद आइरहन्छ । यहा अस्पतालमा धेरै समस्या छन चाहिए जति जनसक्ती छैनन भने जस्तो भौतिक संरचना छैन नत भने जस्तो प्रविधी नै छ । काम गर्न गाह्रो छ तर यहा भको कर्मचारीहरुले आफुले सक्दो काम गरिरहनु भएको छ तर त्यो पुगिरहेको छैन ।
पहिले भन्दा थवाङका जनताहरुमा अहिले शिक्षा स्वास्थ्य अवस्था धेरै सुधार भएको छ । खै मेरो आयु कति छ त्यो मलाई त थाहा छैन तर वाचुन्जेल यहि माटो थवाङ्गीहरुको सेवामै जिवनदिनेछु यदि म मरिहाले भनेपनि मलाई यहि माटोमा,यहि ठाँउमा मर्न दिनु र यही थवाङमा मेरो अन्तिम कामकाज गर्नु बाचुन्जेल थवाङ्गी जनतको सेवामा खटिने छु आसु झार्दै डा.इसिदाले भने । डा.इसिदा वि.सं २०६६ साल देखी थवाङमा रहेको जलजला सामुदायिक अस्पताल थवाङमा कार्यरत छन् ।