• २०८२ चैत्र २९ गते आइतवार

स्वस्तिकाको आत्महत्या होइन हत्या गरिएको हो भन्दै आफन्त पक्षद्धारा जिल्ला प्रशासनमा आन्दोलन

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा/ महेन्द्र सिंह

बैशाख ४, बाँके । नयाँ वर्षको दिन नेपालगन्ज १० भृकुटीनगर निवासी १९ वर्षिया स्वस्तिका लिम्बुको रहस्यमय मृत्युको विषयलाई लिएर मृतक पक्षधरहरु मंगलबार पनि आन्दोलनमा उत्रिएका छन।

 

राँझामा रहेका पिडित माइती पक्षरुले प्रदर्शनसहित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै दोषीलाई कानुनी कारबाही गर्न दबाब दिदै कारबाही नगरिए सशक्त कदम चाल्ने चेतावनी पनि दिएका छन् । निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

श्रीमान् मुकेश बुढा क्षेत्रीले नै स्वस्तिकाको हत्या गरेको आरोप लगाउँदै हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलन जारी राखेका हुन। स्वस्तिका र आशिष भनेर चिनिने मुकेशले ६ महिना अगाडि प्रेम बिबाह गरेको र बिबाह लगत्तै दुबैजना बिच त्यति राम्रो सम्बन्ध न रहेको माइती पक्षले जनाएका छन। आरोपित मुकेश अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । तर राजनीतिक दवावको कारण प्रहरीले उम्काउन खोजी रहेको माइती पक्षको आरोप छ । मुकेशलाई उम्काउन खोजी रहेको दिईएको र सोही अनुसार प्रहरी चलेको मृतक स्वस्तिकाका माईती पक्षको आरोप छ ।

तर यता प्रहरीले भने हत्या हो कि आत्महत्या भनेर अनुसन्धान भैरहेको बताएको छ। मंगलबार पिडित पक्षहरु सङ्गै बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, अनुसन्धानमा प्रहरी कहिंकतै चुक्ने छैन। प्रहरी प्रशासन कसैको दबाबमा लागेर घटनालाई फितलो बनाउने छैन।

निष्पक्ष ढंगले अनुसन्धान अगाडि बढिरहेको र शवको पोष्टमाटम पछि आएको रिपोर्टको आधारमा सत्य तथ्य बाहिर ल्याउने पनि प्रहरी नायव उपरीक्षक सापकोटाले बताए।

आरोपित मुकेश सांसद नन्दलाल रोकायाका नाति हुन । सोमबार विहान सांसद रोकाय मुकेशलाई भेट्न जिल्ला प्रहरी कार्यालयमा गई प्रहरी अधिकारीहरुसँग कुरा गरेको थाहा पाएपछि पिडित पक्ष आक्रोशित हुँदै आन्दोलन जारी राखेका हुन।

मृतक स्वस्तिकाको शवलाई बुधबार पोष्टमाटम गरिने माइती पक्षले जनाएको छ। साथै हत्यारालाई कारबाही अगाडी नबढाए आन्दोलनले चर्को रुप लिने पनि पिडित पक्षले चेतावनी दिएका छन।

Sharing

प्रतिक्रिया दिनुहोस