- सागर थापा/महेन्द्र सिंह
असोज २९, नेपालगन्ज । नेपालगन्जमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत ६. नम्बर प्रदेश हाल नेपालगन्जमा तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीकै एक सई पक्राउ परेका छन् ।
नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालीम केन्द्र ६. नम्बर प्रदेशमा कार्यरत सई बमबहादुर रानाले आफ्नो (साली) लाई आईतबार राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई तालिमकेन्द्र भित्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछी जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहले जानकारी दिएका छन् ।
बाँके प्रहरी अनुसार पक्राउ परेका सई रानालाई थप अनुसन्धानको लागि जबर्जस्ति करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट मंगलबार ७ दिनको म्याद थप गरिएको छ ।
यता कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी पुर्णचन्द्र जोशीले घटनाको बिषयमा थाहा पाउने बित्तिकै डिआईजी जोशीले तालिमकेन्द्रको कार्यक्षेत्र नजिक पर्ने जिल्ला प्रहरी कार्यालय बाँकेलाई सई माथि लागेको आरोप घटनाको निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएको बताउनुभयो छ ।